Logo

सोमवार, कार्तिक १ गते २०७८

images

अनुपम खेर, बोमन इरानी र  परिणिती चोपडा काठमाडौंमा

अनुपम खेर, बोमन इरानी र  परिणिती चोपडा काठमाडौंमा

नेपालपाना आश्विन १८ २०७८
  • 3.0K
    SHARES
  • अनुपम खेर, बोमन इरानी र  परिणिती चोपडा काठमाडौंमा

    काठमाडौं। फिल्म ‘उचाइ’को छायांकनका लागि चर्चीत भारतीय कलाकार अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र सारिका हसनलगायत काठमाडौं आएका छन् ।

    कलाकार खेरले ट्विटरमार्फत काठमाडौं आइपुगेको जानकारी दिएका छन् । उनले नेपालमा छायांकन हुने यो चलचित्र उनको करियरको ५२० औं चलचित्र रहेको बताएका छन् ।

    यस चलचित्र काठमाडौँ, लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायत स्थानमा सुटिङ गरिनेछ । फिल्म उचाइको टोली करिब ४० दिन नेपालमा रहने बताइएको छ ।

    सुरुज वर्जत्यको निर्देशनमा निर्माण हुन लागेको उचाइमा अभिनेता अमिताभ बच्चन र डेनी डेनजोङपाको अभिनय रहने भए पनि उनीहरु भने आइपुगेका छैनन् ।

    आश्विन १८, २०७८ सोमवार १९:१७:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana