काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबिच ६० वर्षयता कुनै सीमा विवाद नरहेको बताएकी छन् ।
नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा उनले यस्तो बताएकी हुन्। यद्यपि, उनको यो ट्विटपछि हालै हुम्लामा चीनले नेपाली भुमी मिचेको भन्ने बिषयलाई लुकाउन खोजिएको भन्दै आलोचना समेत भइरहेको छ ।
‘मित्रवत् छलफलपछि ६० वर्षअघि चीन र नेपालले सीमा सन्धिमा हस्ताक्षर गरेका थिए। त्यसयता हाम्रो सीमा कुनै पनि विवादबाट मुक्त छ र यो मित्रताको बन्धन तथा आपसी फाइदा हुने सहकार्यको सेतु बनेको छ,’ राजदूत होउले ट्विट गरेकी छन्।
सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको समितिले असोज १० मा प्रतिवेदन बुझाएको थियो।
त्यसलगत्तै गृह मन्त्रालयले सीमा मुद्दा सल्ट्याउन आग्रह गर्दै परराष्ट्रलाई पत्राचार गरेको थियो। यही सन्दर्भमा राजदूत होउले नेपाल–चीन सीमा विवादमुक्त रहेको अभिव्यक्ति दिएकी हुन्।