Logo

सोमवार, कार्तिक १ गते २०७८

images

गोठबाट ८० लाखको औषधि बरामद

गोठबाट ८० लाखको औषधि बरामद

नेपालपाना आश्विन १९ २०७८
  • 1.7K
    SHARES
  • गोठबाट ८० लाखको औषधि बरामद

    इलाम। इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ । 

    जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको हो ।

    नेपाल–भारत सीमावर्ती पशुपतिनगरको लालीखर्क भन्ने स्थानमा रहेको एउटा गोठमा भण्डार गरेर राखिएको औषधि सशस्त्र प्रहरी बल पशुपतिनगर (बिओपी)ले बरामद गरेको जनाइएको छ । 

    अवैधरूपमा लाखौँ मूल्यको औषधि नेपाल आयात हुँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरीको गस्ती टोलीले सोमबार राति १० बजे औषधि बरामद गरेको सशस्त्र प्रहरी बल पशुपतिनगरका प्रमुख नवीन खतिवडाले जानकारी दिए ।

    चालिस वटा कार्टुन बरामद भएको सो औषधिको मूल्य ५० लाख भारु (नेपाली रुपैयाँ ८० लाख) बराबरको रहेको बताइएको छ । 

    बरामद गरिएको औषधि आजै भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको औषधि नपाली बजारमा चलेको औषधि रहेको छ । अधिकांश औषधि बाथरोग, युरिक एसिड, ग्यास्ट्रिक र महिलाका लागि प्रयोग हुने किसिमको रहेको बताइएको छ ।

    आश्विन १९, २०७८ मंगलवार २०:३८:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana