काठमाडौं । हुम्लाको सीमामा चीनले धेरै ठाउँमा अतिक्रमण गरेर समस्या सिर्जना गरेको प्रतिवेदन सार्वजनिक भएसँगै भूमि फिर्ता माग्दै नेपालमा दिनहुँ आन्दोलन भइरहेका छन् ।
काठमाडौंदेखि तराई मधेसम्म युवाहरु आन्दोलनमा उत्रेका छन् । चीनविरुद्ध आक्रोशित छन् । यस्ता आन्दोलनले चिनियाँ राजदूत दबाबमा परेकी छन् । नेपालमा आफ्नो प्रभाव जमाउन सुन्दर मुहार भएकी राजदूत होउ यान्छी लागिपरेकी छन् ।
यसअघि अघिल्लो सरकारको पालामा हुम्लाको विषय दबाउन सफल भएकी थिइन् । तर आफ्नो रुपको मोहनीले शेरबहादुर देउवा सरकारलाई आफ्नो जालमा पार्ने रणनीति सफल भएन । सीमा मिचेको तथ्य बाहिर आएरै छाड्यो । जनस्तरमा समेत चीनप्रत राम्रो छवि बनाउन उद्धत राजदूत यान्छीलाई अहिले जनस्तरमा बढ्दो आक्रोशले तनाव छ । पहिले चीनलाई राम्रै नजरले हेर्ने युवाहरु अहिले असलियत थाहा पाएपछि आक्रोशित छन् । भूमि फिर्ता माग्दै आन्दोलन गरिरहेका छन् । यसले नेपालमा आफ्नो वर्चश्व जमाउन कोसिस गरिरहेको चीनलाई धक्का लागेको छ ।
आफ्नो छवि धुमिल हुन थालेपछि चिनियाँ राजदूत यान्छीले कहिले परराष्ट्रमन्त्री भेट्ने त कहिले ट्वीटरमा म्याउ गरिरहेकी छन् । मंगलबार उनले ट्वीटरमा चीनले सीमा नमिचेको भन्दै म्याउ गरिन् । हुम्लामा सीमा समस्या रहेको प्रतिवेदन आएका बेला गल्ती स्वीकार्नु त कता हो कता उल्टै नेपाल र चीनबीचमा सीमा विवाद नरहेको भन्दै आफै पानीमाथि ओभानो बन्न खोजेकी छन् ।
उनले शेरबहादुर देउवा सरकारको छानविनमै असहयोग गर्नेगरी म्याउ गरेकी हुन् । दुई देशबीचमा ६० वर्ष पहिला नै सीमाको निरुपण भएको र त्यसबेलादेखि अहिलेसम्म कुनै विवाद नभएको उनको दाबी छ । ‘६० वर्षअघि आजैको दिन चीन र नेपालले मित्रवत वार्ताद्वारा सीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसबेलादेखि हाम्रो सीमा पूर्ण रुपमा विवादमुक्त छ र यो दुईपक्षीय सम्बन्धको सेतु र पारस्परिक सहकार्यको पुल बनेको छ,’ उनले भनेकी छन् ।
राजदूत यान्छीले यसो भनिरहँदा सरकारले भने हुम्लामा सीमा विवादबारे छानविन अघि बढाएको छ । चीनसँग कूटनीतिक कुराकानी गर्न गृहले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।