काठमाडौं। नेपाल सरकारमाथि खासगरी हुम्ला भुमी मिचिएको बिषयालाई शान्त पार्न चीनले अनेकौं प्रपञ्च खेल्न थालेको छ । यसबिच नेपालीहरुको महान चाँड दसैँलाई नै झड्का पर्ने किसिमले चीनले अर्काे कुनीति अपनाएको छ ,
चीनले नाका बन्द गर्दा चाडपर्वलक्षित करिब ७ सय गाडी चिनियाँ बाटोमै अलपत्र परेका छन् । नेपाली व्यवसायीले दशैँमा बेच्न किनेर ल्याइएको सयौं गाडी सामान चीनले नेपाल पस्न नदिएपछि तनाव सिर्जना भएको हो ।
चीनले नेपाललाई व्यापारी मार पार्न दैनिक कोटा प्रणालीको हिसाबले गाडी पठाउँने गरेको छ । यसै कारण पनि नेपाली वयवसायीमाथि संकट थपिएको हो ।
कोभिड महामारीको बाहना गर्दै चीनले उत्तरी नाका असहज बनाउँदै लगेको छ । यसअघि लकडाउनले २ महिना सामान आयात पूरै बन्द भएको थियो।