Logo

शनिवार, मंसिर १८ गते २०७८

images

भूमिहीन सुकुम्बासीलाई चुनाव अघि नै लालपूर्जा दिने प्रचण्डको घोषणा

भूमिहीन सुकुम्बासीलाई चुनाव अघि नै लालपूर्जा दिने प्रचण्डको घोषणा

नेपालपाना आश्विन २३ २०७८
  • 2.7K
    SHARES
  • भूमिहीन सुकुम्बासीलाई चुनाव अघि नै लालपूर्जा दिने प्रचण्डको घोषणा

    नवलपरासी। सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि लालपूर्जा दिने दाबी गरेका छन् ।

    शनिबार नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    आफ्नो दलले भुमी मन्त्रालय पाएको बताउँदै प्रचण्डले भने,  ‘हेर्नुहोला, चुनाव अगाडि लालपूर्जा वितरण गर्छौं ।’

    माओवादी केन्द्रको भागमा परेको भूमि व्यवस्था मन्त्रालयमा शशी श्रेष्ठ मन्त्री बनेकी छन् ।

    कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर पुर्‍याउने चेतावनी समेत दिएका छन् । 

    आगोसँग खेलेका कारण बालुवाटारबाट बाटकोट पुगेको र प्रदेश सरकारहरु पनि गुमाएको भन्दै उनले भने, ‘२/४ दिनमा बाग्मती र १ नम्बर प्रदेशबाट पनि जानेछ ।’

    आश्विन २३, २०७८ शनिवार १८:४०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana