Logo

सोमवार, कार्तिक १ गते २०७८

images

प्रचण्डपथ छाड्दा समस्या भयो- अर्थमन्त्री जनार्दन शर्मा

प्रचण्डपथ छाड्दा समस्या भयो- अर्थमन्त्री जनार्दन शर्मा

नेपालपाना आश्विन २३ २०७८
  • 1.7K
    SHARES
  • प्रचण्डपथ छाड्दा समस्या भयो- अर्थमन्त्री जनार्दन शर्मा

    काठमाडौं।  नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् ।

    पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए । 

    “प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो”, उनले भने ।

    “अब प्रचण्डपथ र एक्काइसौँ शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुप¥यो ।”

    उनले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । “जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औँला ठड्याउन पाउनुप¥यो । हामीले गरेका गल्तीउपर जनताले भण्डाफोर गर्ने मौका पाउनुप¥यो । यस्तो खालको पार्टी बनाउनुप¥यो अब ।”

    माओवादी केन्द्रको सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका नेता शर्माले भने, “अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताको मूल्याङ्कन गरिन्छ ।”

    आश्विन २३, २०७८ शनिवार २०:०१:२४ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana