Logo

सोमवार, कार्तिक १ गते २०७८

images

भाजपाले बनायो युपीका लागि “१०० दिनका १०० कार्यक्रम” 

भाजपाले बनायो युपीका लागि “१०० दिनका १०० कार्यक्रम” 

नेपालपाना आश्विन २५ २०७८
  • 1.0K
    SHARES
  • भाजपाले बनायो युपीका लागि “१०० दिनका १०० कार्यक्रम” 

    एजेन्सी । भारतीय जनता पार्टीले उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै १०० दिनका १०० कार्यक्रम तयार पारेको छ ।

    निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएमा १०० दिन भित्रमा गर्ने कामहरुको योजना भाजपाले तयार पारेको हो । 

    मतदाताहरुलाई आकर्षित गर्नका लागि भाजपाले तयार पारेको महत्वाकांक्षी कार्यक्रमहरुको  औपचारिक घोषणा भने पछि गरिने भएको छ । 

    पार्टीका प्रभावशाली नेताहरुले ती कार्यक्रमहरुको प्रस्तावलाई अन्तिम रुप दिइसकेको स्रोतले जनाएको छ ।

    प्रस्तावित कार्यक्रमहरुमा धेरैजसो कल्याणकारी कार्यक्रमहरु रहेको एक नेताले जानकारी दिएका छन् । 

    आश्विन २५, २०७८ सोमवार १८:४३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana