Logo

सोमवार, कार्तिक १ गते २०७८

images

विमानस्थबाट उड्न आँटेको जहाज धावन मार्गमै अड्कियो...

विमानस्थबाट उड्न आँटेको जहाज धावन मार्गमै अड्कियो...

नेपालपाना आश्विन २५ २०७८
  • 11.4K
    SHARES
  • विमानस्थबाट उड्न आँटेको जहाज धावन मार्गमै अड्कियो...

    काठमाडौँ । धनगढी विमानस्थलमा उड्न आँटेको समिट एयरको जहाज धावन मार्गमै रोकिएको छ ।

    बाजुराका लागि उडान भर्ने क्रममा चक्कामा समस्या अएपछि समिट एयरको विमान धनगढी विमानस्थलको बीच धावन मार्गमा अड्किएको हो ।

    विमानको टायरमा प्राविधिक समस्या देखिएको छ । जसका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएको हो । समिट एयरको जहाज विमानस्थलको बीच धावन मार्गमा रोकिएपछि धनगढी विमानस्थलबाट अन्य उडनसमेत प्रभावित बनेका छन् ।

    काठमाडौंबाट धनगढी आउने तालिका रहेको बुद्ध एयरको जहाज रोकिने भएको छ भने धनगढीबाट काठमाडौंका लागि उडान भर्न तयार रहेको श्री एयरको जहाजको उडान पनि स्थगित गरिएको जनाइएको छ ।

    आश्विन २५, २०७८ सोमवार २०:०१:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana