काठमाडौं । पछिल्लो समय नेपालमा चीनले गरेका गल्तीहरु बाहिर आउन थालेका छन् । कम्युनिस्ट संरक्षण दिएर दबाएका गल्तीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार आएपछि धमाधम बाहिर आइरहेका छन् ।
हुम्लादेखि उत्तरी सीमा क्षेत्रमा नेपाली भूमि अतिक्रमण होस् वा नेपालमा विभिन्न अपराधदेखि श्रम शोषण, विभिन्न आयोजनाहरु कब्जा गर्ने, चर्को ऋण ब्याज लगाउनेसम्मका व्यवहारहरु चीनबाट नेपालप्रति हुँदै आएका छन् । त्यसैगरी आपूर्ति ठप्प पारेर नाकाबन्दी गर्ने, नेपालीहरुको दसैँमा किन्छु भन्दा सामान आउन नदिएर खल्लो बनाउने काम पनि चिनियाँ रवैया देखिन थालेको छ ।
देउवा सरकार आएपछि आफ्ना असहयोगी गतिविधिहरु नेपाली जनतामा छरपस्ट भई छवि नै धुमिल भएपछि चिनियाँ सुन्दरीको दौडधुप बढेको छ । चिनियाँ सुन्दरी अर्थात नेपालका लागि चीनकी राजदूत होउ यान्छीले आफूलाई संरक्षण गर्ने र आफूले भनेको मान्ने कम्युनिस्टहरु मिलाउन सक्रिए भएकी हुन् ।
यसअघि पनि चीनकै अग्रसरतामा नेपालमा वामपन्थी एकता भनेर एमाले र माओवादी एकीकरण भई नेकपा बनेको थियो । नेकपा हुँदा नेपालमा चीनले जे भन्यो त्यहीँ भएको थियो । यतिसम्मकी बिना ठेक्का बुढिगण्डकी थर्डक्लास चिनियाँ कम्पनीलाई सुम्पियो । तर कम्युनिस्ट फुटेपछि नेपालमा चीनको प्रभाव चल्न छाड्यो ।
उल्टै आफूले गरेका गल्तीहरु बाहिर आउन थाले । कम्युनिस्ट सरकारले हुम्लामा सीमा नमिचिएको भनेर बचाउ गरेका बेला वर्तमान सरकारले यथार्थ बाहिर ल्याएर छाड्यो । आफूलाई कम्फरटेबल सरकार नभएपछि चीन आत्तिएको छ । फेरि एमाले, माओवादी, नेकपा एस मिलाउन अग्रसर भएको छ । यसको खुला जानकारी चिनियाँ राजदूतले हालै दिएकी छन् ।
मंगलबार नेपाल डायलग फोरमको कार्यक्रममा उनले एमाले र माओवादी केन्द्र फेरि मिल्नुपर्ने धारणा राखिन । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डलाई उनले नेपाली जनताको आर्थिक विकासको आकांक्षा पूरा गर्न मिल्नैपर्ने बताइन् । त्यसो यसअघि कम्युनिस्ट मिलाउनेदेखि फाटो आएका बेला एकता जोगाउन चीन अन्तिमसम्म सक्रिय थियो । चिनियाँ पार्टीको हेडक्वार्टरबाटै नेताहरु काठमाडौं आएका थिए ।