Logo

सोमवार, कार्तिक १ गते २०७८

images

एमाले अध्यक्ष ओलीले दसैँ टिका नलाउने

एमाले अध्यक्ष ओलीले दसैँ टिका नलाउने

नेपालपाना आश्विन २७ २०७८
  • 2.7K
    SHARES
  • एमाले अध्यक्ष ओलीले दसैँ टिका नलाउने

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष दसैं टिका नलगाउने भएका छन्। 

    भाईको निधनको कारण पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यो वर्षको दसैं नमनाउने भएका हुन् ।

    तर, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भने उनले शुभकामना आदानप्रदान गर्दै पार्टीले आयोजना गरेका दसैंलक्षित शुभकामना कार्यक्रममा भने उनी उपस्थित छन्। 

    यस्तै अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भोलि (बिहीबार) भने आफ्नो गृहजिल्ला झापा जाने कार्यक्रम रहेको छ ।

    आश्विन २७, २०७८ बुधवार १८:१५:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana