Logo

बुधवार, मंसिर १५ गते २०७८

images

जसपा संकट : पार्टी त्याग्ने बिषयमा बोले प्रदीप यादव

जसपा संकट : पार्टी त्याग्ने बिषयमा बोले प्रदीप यादव

नेपालपाना आश्विन ३१ २०७८
  • 19.8K
    SHARES
  • जसपा संकट : पार्टी त्याग्ने बिषयमा बोले प्रदीप यादव

    काठमाडौँ। मन्त्रिमण्डल गठनको बिषयमा लिएर सत्ता साझेदार दल जनता समाजवादी पार्टीभित्र केही विवाद छाएको छ । यसबिच कतिपयले जसपाका नेता एवं संघीय सांसद प्रदीप यादवले जसपा त्याग्ने टिकाटिप्पणी समेत गरिरहेका छन्।

    यस बिषयमा नेता यादव आफैले जानकारी दिएका छन् ।  वीरगंजमा आयोजित शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्र र बाहिर अनेक भ्रमको खेतीपाती भए पनि आफू पार्टी भित्रै संघर्ष गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताएका हुन् ।

    बाहिर पार्टी त्याग्ने हल्ला फैलिए पनि आफुले पार्टी नछोड्ने उनले बताएका हुन् ।

    ‘२०६४ सालदेखि यो पार्टीलाई पर्सामा खडा गरेको छु,यो पार्टी मेरो लागि घर हो,नेता कार्यकर्ता इँटा,सिमेन्ट र छठ जस्तै  जस्तै सब सँग मिलेर निर्माण गरेका  हुँ,,’उनले भने,‘केही राजनीतिक दलका नेताहरूले भनिरहेका छन्, प्रदीप यो पार्टीमा गइरहेको छ,त्यो पार्टीमा गइरहेको छ,तर त्यो सबै भ्रम छर्ने काम मात्र हो ।’

    उनले कार्यक्रममा आयोजना भएकोमा जिल्लाकै पार्टी भित्रका केही नेताले नेता कार्यकर्तालाई कार्यक्रममा नआउन फोन समेत गरेको र रातभरि एउटा गुटले जाग्राम नै बसेर कार्यक्रम प्रभावित गर्ने षडयन्त्र गरेको तर उनीहरूको षडयन्त्र विफल भएको पनि औँल्याए ।

    आश्विन ३१, २०७८ आइतवार १९:२८:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदीप यादव
  • # जसपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana