Logo

शनिवार, मंसिर १८ गते २०७८

images

भीषण वर्षा र बाढी, मृत्यृ हुनेको संख्या २२ पुग्यो

भीषण वर्षा र बाढी, मृत्यृ हुनेको संख्या २२ पुग्यो

नेपालपाना आश्विन ३१ २०७८
  • 3.5K
    SHARES
  • भीषण वर्षा र बाढी, मृत्यृ हुनेको संख्या २२ पुग्यो

    एजेन्सी। भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ । 

    बाढीमा परेर आज बिहानसम्म १८ जनाको ज्यान गएको थियो । 
    हराइरहेका केही व्यक्तिको शव आइतबार अपराह्न भेटिएको थियो । त्यसपछि सो संख्या बढेर २२ पुगेको बताइएको हो । 

    यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । 

    कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । 

    बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहानसम्म पनि बर्षा जारी रहेको छ । 

    बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् । 

    अधिकारीहरुले आइतबार पनि बर्षा जारी नै रहेको बताएका छन् । बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ ।

    आश्विन ३१, २०७८ आइतवार २१:०३:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana