Logo

शनिवार, मंसिर १८ गते २०७८

images

कांग्रेसकाे १४औँ महाधिवेशनका विषयमा बाेले गृहमन्त्री खाँण

कांग्रेसकाे १४औँ महाधिवेशनका विषयमा बाेले गृहमन्त्री खाँण

नेपालपाना कार्तिक १ २०७८
  • 1.6K
    SHARES
  • कांग्रेसकाे  १४औँ महाधिवेशनका विषयमा बाेले  गृहमन्त्री खाँण

    काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व भएको बताएका छन्। 

    गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आएका खाँणले नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा भने, “संविधानको रक्षा र आम मानिसको जीवन रक्षा नै राज्यको पहिलो दायित्व हो ।”

    कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले गठबन्धन दलप्रति सम्मान व्यक्त गर्दै नेपाली कांग्रेसले थप जिम्मेवारीका साथ काम गरिरहेको समेत बताए । 

    उनले सबै दलको एकता र सहकार्यले नै देश विकास हुने पनि बताए । 

    गृहमन्त्री खाँणले रुपन्देहीको विकासका लागि वर्तमान सरकारले सार्थक प्रयत्न गरिरहेको पनि बताए। 

    रुपन्देहीको विकास जिल्लावासीका नागरिकका लागि मात्र नभई देशको विकासका लागि आधार तयार गर्ने उनको भनाइ थियो । 

    उनले बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको जानकारी दिए । 

    नेपाली कांग्रेसका केन्द्रीय नेतासमेत रहेका गृहमन्त्री खाँणले पार्टीको १४औँ महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले नेपाली कांग्रेसको काँधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए ।

    कार्तिक १, २०७८ सोमवार १९:१०:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana