Logo

शनिवार, आषाढ ११ गते २०७९

images

चीनले ल्यायो सीमासम्बन्धी नयाँ कानुन, नेपालमाथि बढ्यो खतरा

चीनले ल्यायो सीमासम्बन्धी नयाँ कानुन, नेपालमाथि बढ्यो खतरा

नेपालपाना कार्तिक १० २०७८
  • 8.9K
    SHARES
  • चीनले ल्यायो सीमासम्बन्धी नयाँ कानुन, नेपालमाथि बढ्यो खतरा

    काठमाडौँ। चीनले आगामी जनवरीदेखि आफ्नो भू–सीमा रक्षासम्बन्धी नयाँ कानुन कार्यान्वयन गर्ने भएको छ । यो कानुनले सीमाना जोडिएका मुलुकहरुलाई प्रभावित बनाउने देखिएको छ ।

    चीनसँग भू–सीमा जोडिएका १४ मुलुकमध्ये नेपाल पनि एक हो। त्यसैले चीनले अघि सारेको नयाँ कानुन नेपालका लागि खतरापूर्ण हुनसक्ने देखिएको छ ।

    ७२ वर्षअघि जनवादी गणतन्त्र स्थापना भएयता पहिलोपटक चीनले भू–सीमा सुरक्षासम्बन्धी कानुन बनाएर कार्यान्वयनमा ल्याउन लागेको हो। 

    बेइजिङले सीमा सुरक्षासम्बन्धी कस्तो नीति लिन्छ र कस्तो कानुन बनाउँछ भन्नेबारे चीनसँग भू–सीमा जोडिएका दक्षिण एसियाका भारत, भुटानसहितका मुलुकले चासो व्यक्त गरिरहेका छन्। 

    छिमेकीसँगका सीमा विवाद तथा सीमासँग सम्बन्धित अन्य सबै मामिला ती मुलुकसँग चीन सरकारले समानता, पारस्पारिक विश्वास र मैत्रीपूर्ण छलफलका माध्यमबाट संवाद गरी समाधान गर्न आवश्यक रहेको बताइएको छ । चीनले आफ्नो रक्षाका लागि यो कानुन अनुसार युद्धसम्मको अवस्थामा जान सक्ने उल्लेख गरेको बताइएको छ ।

    हालै नेपालसँग सीमा विवादको बिषयले चर्चा लिएका बेला चीनले यस्तो कानुनलाई प्राथमिकतामा राख्दै कार्यान्वयन गर्ने तयारी गरेको हो ।

    कार्तिक १०, २०७८ बुधवार २०:१४:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # चिनियाँ कर्तुत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend