काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा हिन्दु राष्ट्रको नेतृत्व लिनुपर्ने प्रस्ताव आएको छ ।
कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अभिषेकप्रताप शाहले हिन्दु राष्ट्रको प्रस्ताव गरेका हुन् । कांग्रेसमा पछिल्लो समय हिन्दुत्वको मुद्दाले जागरण ल्याएको छ ।
सुरुमा खुमबहादुर खड्का समूह, महामन्त्री शशांक कोइरालाले यो विषय उठाउँदै आएका थिए । अब भने विमलेन्द्र निधि, बालकृष्ण खाँड, रामचन्द्र पौडेलहरु पनि हिन्दु धर्मको एजेण्डामा पुनर्विचार गर्नुपर्ने अवस्थामा पुगेका छन् । यस्तो बेला कांग्रेस सांसद शाहले औपचारिक रुपमै हिन्दु राष्ट्रको प्रस्ताव पार्टीमा राखेका हुन् ।
उनले कांग्रेसले देशलाई फेरि ‘हिन्दु राष्ट्र’ बनाए मात्र कम्युनिस्टहरुलाई कडा जवाफ दिन सकिने पनि उल्लेख गरेका छन् । हिन्दु राष्ट्रको एजेण्डाले कम्युनिस्ट आफै विलुप्त हुँदै जाने उनको तर्क छ । कांग्रेस महाधिवेशनमा पनि हिन्दु राष्ट्रको एजेण्डा उठ्ने निश्चित छ ।
अघिल्लै महाधिवेशनमा पनि ६ सय भन्दा बढी प्रतिनिधिले सामूहिक हिन्दु राष्ट्रको एजेण्डा उठाउन प्रस्ताव गरेका थिए ।