Logo

शनिवार, आषाढ ११ गते २०७९

images

चीनले आतंक मच्चाएपछि ताइवानले भन्यो- स्वतन्त्रता र लोकतन्त्रका लागि लडिरहन्छौँ

चीनले आतंक मच्चाएपछि ताइवानले भन्यो- स्वतन्त्रता र लोकतन्त्रका लागि लडिरहन्छौँ

नेपालपाना कार्तिक २० २०७८
  • 6.2K
    SHARES
  • चीनले आतंक मच्चाएपछि ताइवानले भन्यो- स्वतन्त्रता र लोकतन्त्रका लागि लडिरहन्छौँ

    काठमाडौँ। ताइवानको स्वतन्त्रता को समर्थन गर्नेलाई आपराधिक कारबाही चलाउने बताएपछि ताइवानले आफ्नो स्वतन्त्रता र लोकतन्त्रताका लागि लडिरहने बताएको छ।

    ताइवानलाई लिएर विवादले उग्र रुप लिइरहेका बेला चीनले चेतावनीयुक्त वक्तव्य निकालेको थियो। ताइवानमा चीनको यस चेतावनीलाई लिएर आक्रोश बढिरहेको छ। ताइवानबासीले यसलाई हाँसोको विषय पनि बनाइरहेका छन्। चीनले पहिलो पटक 'ताइवानको स्वतन्त्रता' को समर्थकलाई कारबाही चेतावनी दिएको हो।

    चीन ताइवानलाई अहिले पनि आफ्नो एक प्रान्त मान्छ। उसले यस द्वीपलाई आफ्नो नियन्त्रणमा लिनका लागि बल प्रयोगको सम्भावना बढ्दै गएको छ।

    अर्कातिर ताइवान आफूलाई एक स्वतन्त्र देशका रुपमा विश्वमाझ पेश गर्दै आएको छ। उसले आफ्नो स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि लड्न तयार रहेको बताएको छ।

    चीनस्थित ताइवान मामिला कार्यालयले ताइवानका प्रमुख प्रिमियर सुत्सेङ्ग चाङ्ग, संसदका सभामुख यु सि-कुन र विदेश मन्त्री जोसेफ वु को नाम लिँदै उनीहरुलाई ुताइवानको स्वतन्त्रताको समर्थनको पक्षमा उभिएकाको सूचीु मा राखेको छ।

    कार्तिक २०, २०७८ शनिवार १९:२३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend