इस्लामाबाद । हिन्दुसँग जोरी खोज्नु पाकिस्तान सरकारलाई महंगो परेको छ ।
हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णय फिर्ता लिन अन्ततः पाकिस्तान सरकार बाध्य भएको छ । चौतर्फी आलोचनापछि सरकारले राजधानी इस्लामाबादमा हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णयबाट पछि हटेको हो ।
यसअघि इस्लामाबादस्थित राजधानी विकास प्राधिकरण (सीडीए) ले राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि छुट्टाइएको जग्गा खारेज गरिदिएको थियो । सो निर्णयपछि प्राधिकरणको चौतर्फी विरोध भएको थियो ।
राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि सन् २०१६ मा सरकारले ० दशमलब ५ एकड जमिन छुट्टाएको थियो ।