Logo

शनिवार, आषाढ ११ गते २०७९

images

ताेकियाे एमाले महाधिवेशनको बन्दसत्र हुने स्थान

ताेकियाे एमाले महाधिवेशनको बन्दसत्र हुने स्थान

नेपालपाना कार्तिक २६ २०७८
  • 3.2K
    SHARES
  • ताेकियाे एमाले महाधिवेशनको बन्दसत्र हुने स्थान

    काठमाडौँ । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो ।

    होटलमा बन्द सत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार होटलका हल र परिसरमा निर्माण गरिने डोमलाई महाधिवेशनमा आवश्यकताअनुसार प्रयोग गरिनेछ । सो होटलमा एक हजार जना क्षमताको ठूलो एक र साना दुई वटा हलसमेत रहेका छन् । सौराहामा ठूला हल भएको होटलका रूपमा यसलाई चिनिन्छ ।

    मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र गर्ने यसअघि नै निर्णय भएको छ । बन्दसत्र र नेतृत्व छनोटका काम सौराहाबाट हुनेछ । यी दुवै ठाउँको बिहीबार मात्रै पार्टी महासचिव ईश्वर पोखरेलसहित केन्द्रीय नेताले स्थलगत निरीक्षण गरेपछि बन्दसत्र गर्ने ठाउँको टुङ्गो लागेको हो ।

    एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था मिलाइएको छ । सौराहाका तीन हजार ५०० शय्याका लागि होटल व्यवसायीसँग कुराकानी भइरहेको रावलले जानकारी दिइन् । क्षेत्रीय होटल सङ्घ (हान) सौराहा र रेष्टुराँ एण्ड बार एशोसिएशन ९रेवान० बीच आवासीय सुविधाका लागि छलफल तीव्र पारिएको छ ।

    एमालेको बन्दसत्रमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । तीमध्ये एक हजार ७५० जना जिल्ला जिल्लाबाट छनोट हुनेछन् । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनता सहभागी गराइने तयारी एमालेले गरेको छ ।

    कार्तिक २६, २०७८ शुक्रवार १९:०७:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend