Logo

शनिवार, आषाढ ११ गते २०७९

images

बेलारुसमाथि थप प्रतिबन्ध लगाउने तयारीमा ईयु

बेलारुसमाथि थप प्रतिबन्ध लगाउने तयारीमा ईयु

नेपालपाना कार्तिक २९ २०७८
  • 3.5K
    SHARES
  • बेलारुसमाथि थप प्रतिबन्ध लगाउने तयारीमा ईयु

    काठमाडौँ। पोल्याण्डको सीमा क्षेत्रमा सयौँ आप्रवासी लगेर छोडेपछि अहिले युरोपियन युनियन (ईयु)भित्र बेलारुसको चर्को विरोध भइरहेको छ । बेलारुसले पोल्याण्डको सीमा क्षेत्रमा लगेर त्यहाँबाट ती आप्रवासीलाई फिर्ता आउन दिइरहेको छैन ।

    भयानक चिसो मौसमका बेला सीमामै अड्किएका सयौँ आप्रवासीहरूको अवस्था दयनीय बन्दै गएको छ । यसबिच ईयुले बेलारुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

    बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले गत वर्ष आफ्नो विरोधमा भएको प्रदर्शनको बदलाको भावमा अहिले पोल्याण्ड सीमामा आप्रवासी सङ्कट निम्त्याउन खोजेको आरोप छ ।

    सम्भवतः २७ वटै देशका परराष्ट्र मन्त्री स्तरीय बैठकले सोमबार (आज)नै बेलारुसमाथि प्रतिबन्ध थप्ने बताइएको छ । जस अन्तर्गत भ्रमण एवं हवाई लगायतका प्रतिबन्धहरूमा कडाइ गरिने बताइएको छ ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले आप्रवासी र शरणार्थीहरूप्रति लुकासेन्कोको विश्वासघाती व्यवहारको सामना गर्न बेलारुसमाथि थप प्रतिबन्धहरू लगाउने बताएकी छन् । 

     

    कार्तिक २९, २०७८ सोमवार २०:३०:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend