Logo

बुधवार, आश्विन १९ गते २०७९

नेपाल-भारतबीचको उडान चार गुणाले बढ्दै

नेपाल-भारतबीचको उडान चार गुणाले बढ्दै

नेपालपाना कार्तिक ३० २०७८
  • 6.0K
    SHARES
  • नेपाल-भारतबीचको उडान चार गुणाले बढ्दै

    एजेन्सी। कोरोना महामारी फैलिएपछि नेपाल–भारतबीच दैनिक एक÷एक उडान हुँदै आएकोमा अब उडान चार गुणाले बढाइने तयारी गरिएको छ ।

    नेपाल–भारतबीचको उडानलाई चारगुनाले बढाउन सकिनेगरी भारत सरकारले पत्राचार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका अधिकारीले बताएका छन् ।

    ‘एयर बबल’ व्यवस्थाअन्तर्गत अहिले दुई देशका नागरिकहरू र अन्य देशका यात्रुको हकमा कूटनीतिज्ञहरू मात्र सहभागी हुँदै आएका छन् ।

    बीबीसीका अनुसार गत साता नेपाल र भारतका उड्डयनमन्त्रीबीच दिल्लीमा भएको भेटघाटमा भारतीय पक्षले एयर बबल छिट्टै हटाइदिने बताएको थियो।

    यस्तै, साप्ताहिक दुवैतर्फबाट ५६ वटा उडान हुने भएकाले व्यावहारिक रूपमा एयर बबल हटे जस्तै हुनेछ। अहिलेसम्म दुवै देशबाट एक–एक गरी एक सातामा कुल १४ वटा भइरहेका थिए।

    कार्तिक ३०, २०७८ मंगलवार २०:२६:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend