बेइजिङ । चीनको कोइला उर्जाका कारण जलवायु संकट सिर्जना भएको छ।
भर्खरै सम्पन्न कोप२६ सम्मेलनमा कोइला प्रयोगकर्तासहित १९० राष्ट्र तथा संस्थाले कोइला प्रयोग रोक्ने प्रतिबद्धता जनाए। तर, सो प्रतिबद्धतामा कोइलाका प्रमुख प्रयोगकर्ता चीनले भने हस्ताक्षर गरेको छैन।
चीनले कोइला उर्जालाई कम गर्नका लागि भने कुनै पनि योजना अघि सारिएको छैन। जलवायु परिवर्तनका लागि कोइला प्रमुख कारक तत्त्व हो। सहमतिमा हस्ताक्षर गरेका राष्ट्रहरूले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा कोइला प्रयोग हुने ऊर्जा उत्पादनमा हुनै सबै किसिमका लगानी अन्त्य गर्ने प्रतिबद्धता गरेका हुन्।
उनीहरूले सन् २०३० को दशकमा धनी राष्ट्रमा र सन् २०४० को दशकमा गरिब राष्ट्रमा कोइला ऊर्जालाई विस्थापित गर्न पनि सहमति जनाएका हुन्।
चीन विश्वकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि कोइला उर्जा न्युनिकरणका लागि भने चीनले हस्ताक्षर नगर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ।
कोइलाको प्रयोग कम गर्ने विषयमा प्रगति भए पनि सन् २०१९ सम्म ३७ प्रतिशत विद्युत् उत्पादन कोइलाबाटै हुने गरेको तथ्यांक छ।दक्षिण अफ्रिका, पोल्यान्ड र भारतजस्ता देशहरूलाई सफा ऊर्जा उत्पादनतर्फ जानका लागि ठूलो लगानी आवश्यक पर्ने बताइएको छ।
सामान्य समयमा पनि, चीनमा बिजुली बन्द र प्राकृतिक प्रकोपहरूले मानिसहरूलाई चिन्तित तुल्याउँछन्। चीनमा बिजुलीको पर्याप्त सुविधा नहुँदा कोइलाको व्यापक उपयोग हुन थालेको हो।
कोइलाको उपयोग बढेसँग गत महिना विश्वका विभिन्न मुलुकमा उर्जा संकट सिर्जना भएको थियो।