Logo

शनिवार, आषाढ ११ गते २०७९

images

एमालेले क्यूआर कोड र ईसेवाबाट उठायो २० लाख चन्दा

एमालेले क्यूआर कोड र ईसेवाबाट उठायो २० लाख चन्दा

नेपालपाना मंसिर ५ २०७८
  • 3.7K
    SHARES
  • एमालेले क्यूआर कोड र ईसेवाबाट उठायो २० लाख चन्दा

    काठमाडौँ। नेकपा एमालेले क्यूरआर कोड र ईसेवामार्फत २० लाख रुपैँया चन्दा संकलन गरेको छ । आसन्न १०औं महाधिवेशनका लागि एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने तयारी गरेको थियो ।

    सोही अनुसार नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नौ दिनको अवधिमा कार्यकर्ताले क्यूआरकोड र ईसेवामार्फत २० लाख रुपैयाँ जम्मा गरिसकको जानकारी दिए ।

    अधिकांश संगठित सदस्यले १०० रुपैयाँका दरले र प्रवासमा रहेका नेपालीले इच्छाअनुसार रकम पठाइरहेको जानकारी दिइरहेको उनले बताएका छन्। थप रुपैयाँ खातामा पनि जम्मा भएको र चाँडै सार्वजनीक गर्ने बताइएको छ ।

    एमालेले कार्यकर्ता र सुभेच्छुकलाई न्युनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो ।

    मंसिर ५, २०७८ आइतवार १९:४५:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend