Logo

शनिवार, मंसिर १८ गते २०७८

images

भव्य रुपमा नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट

भव्य रुपमा नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट

नेपालपाना मंसिर ५ २०७८
  • 1.4K
    SHARES
  • भव्य रुपमा नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट

    काठमाडौँ। डीएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाडौँ र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आइतबार काठमाडौँमा आयोजना गरेको छ।

    डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र भारतीय दूतावासका प्रथम सचिव (प्रेस, सूचना र संस्कृति) नवीन कुमारको उपस्थितिमा कार्यक्रमको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । 

    मन्तव्यका क्रममा लोसपा अध्यक्ष ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरूबीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए। सो अवसरमा बोल्दै प्रथम सचिव नवीन कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रममा भारतका चर्चित कलाकारहरू गायिका डा रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र तथा नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मोहित पारेका थिए।

    मंसिर ५, २०७८ आइतवार २०:४०:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana