Logo

शनिवार, मंसिर १८ गते २०७८

images

युरोपबाट कोरोनाको भेल उर्लिने संकेत, बेलायतमा एकैदिन ४० हजार थपिए

युरोपबाट कोरोनाको भेल उर्लिने संकेत, बेलायतमा एकैदिन ४० हजार थपिए

नेपालपाना मंसिर ६ २०७८
  • 1.6K
    SHARES
  • युरोपबाट कोरोनाको भेल उर्लिने संकेत, बेलायतमा एकैदिन ४० हजार थपिए

    एजेन्सी। पछिल्ला दिनहरुमा युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । अस्टिया, नेदरल्यान्ड, क्रोसियाजस्ता मुलुकहरुले त लकडाउन समेत गर्न थालिसकेका छन् ।

    यसैबीच बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको यहाँको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन् ।

    सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार यहाँ आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ । यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ९८ लाख नाघेको छ ।

    विश्वस्वास्थ्य संगठनले समेत आउँदो मार्चसम्म युरोपमा थप ५ लाखको मृत्यु हुनसक्ने चेतावनी दिएको छ। यो अवस्थामा युरोपबाट फेरि कोभिड१९को महामारी बढ्दै फैलिन सक्ने चिन्ता बढेको छ ।

    मंसिर ६, २०७८ सोमवार २०:००:१० बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana