Logo

शनिवार, मंसिर १८ गते २०७८

images

रमेश लेखकलाई गृहजिल्लामा अर्को धक्का

रमेश लेखकलाई गृहजिल्लामा अर्को धक्का

नेपालपाना मंसिर ७ २०७८
  • 2.5K
    SHARES
  • रमेश लेखकलाई गृहजिल्लामा अर्को धक्का

    कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई गृहजिल्लामा अर्को धक्का लागेको छ ।

    प्रदेशसभा अधिवेशनमा जिल्लामा बहुमत पराजय भोगेका लेखकले महाधिवेशन प्रतिनिधि निर्वाचनमा आफ्नालाई गुमाएका छन् । लेखकनिकट नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी निर्वाचन क्षेत्र नम्बर ३ मा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

    जोशीले लेखकनिकटको प्यानल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । जिल्ला सचिवमा मनोनित हुनुअघि उनी लेखकका स्वकीय सचिव थिए । जोशीले १५० मतमात्रै पाए ।

    कञ्चनपुर–३ बाट बेलबहादुर राना, यज्ञराज जोशी, प्रकाश थापा, दिपक सिंह, जंगबहादुर चन्द, खगेश्वर बोहरा, पदम बोगटी, आसिफ कुँवर, तारणीदत्त चटौत र वीरबहादुर सुनार खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    मंसिर ७, २०७८ मंगलवार १७:४९:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana