Logo

शनिवार, मंसिर १८ गते २०७८

images

कांग्रेस महाधिवेशन : कञ्चनपुरकाे मत परिणाम सार्वजनिक

कांग्रेस महाधिवेशन : कञ्चनपुरकाे मत परिणाम सार्वजनिक

नेपालपाना मंसिर ७ २०७८
  • 7.3K
    SHARES
  • कांग्रेस महाधिवेशन : कञ्चनपुरकाे मत परिणाम सार्वजनिक

    काठमाडाैँ। कञ्चनपुरमा भएको निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा गोपीप्रसाद उपाध्यक्ष, निर्वाचन क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द विजयी भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत काे याे चुनावी नतिजा हाे ।

    आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित उपाध्यायले २६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी हरि चन्द ठकुरीले २२९ मत प्राप्त गरे । सचिवमा बिसराम राना र पदमबहादुर रोकाया विजयी भएका छन् । सहसचिव पदमा सुरेन्द्र राना र हर्कबहादुर विष्ट विजयी भएका छन् ।

    यसैगरी, निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा विजयी भएका सिंहले ३४१ मत ल्याए। उनका प्रतिद्वन्द्वी नवराज जोशीले १५७ मत ल्याएका छन् । क्षेत्रीय सचिवमा गणेशबहादुर विष्ट र थानेश्वरप्रसाद भट्ट विजयी भएका छन् । सहसचिव पदमा काशीराम भाट र रमेशप्रसाद भट्ट विजयी भएका छन् ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा केशवबहादुर चन्द विजयी भएका छन् । चन्द प्यालनसहित विजयी भएका हुन् । चन्दले ३३० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत ल्याए । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट विजयी भएका छन् । सहसचिवमा अर्जुनदत्त भट्ट र खड्कबहादुर बस्नेत विजयी भएका छन् ।

    मंसिर ७, २०७८ मंगलवार २१:३०:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana