Logo

शनिवार, मंसिर १८ गते २०७८

images

अन्तर्राष्ट्रिय समुदायलाई झुक्याएर आतंकवादीलाई प्रशिक्षण दिँदै पाकिस्तान, खोल्यो लडाकु भर्ती केन्द्र

अन्तर्राष्ट्रिय समुदायलाई झुक्याएर आतंकवादीलाई प्रशिक्षण दिँदै पाकिस्तान, खोल्यो लडाकु भर्ती केन्द्र

नेपाल पाना मंसिर ८ २०७८
  • 3.8K
    SHARES
  • अन्तर्राष्ट्रिय समुदायलाई झुक्याएर आतंकवादीलाई प्रशिक्षण दिँदै पाकिस्तान, खोल्यो लडाकु भर्ती केन्द्र

    काठमाडौं । अफगानिस्तान सत्तामा तालिवानको इन्ट्रीपछि पाकिस्तानले फेरि आतंकवादी गतिविधिलाई प्रश्रय दिन थालेको खुलेको छ ।

    अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि पाकिस्तानले प्रतिबन्धित आतंकवादी संगठन लश्कर-ए-तैयबालाई मदद गरिरहेको खुलेको हो ।

    भारतीय खुफिया एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले यो तथ्य सार्वजनिक गरेका हुन् । पाकिस्तानले अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित आतंकवादी संगठनलाई संरक्षणमात्रै दिएको छैन, अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तूनख्वा र अफगानिस्तानमा नयाँ क्याम्प स्थापना गरेर आतंकवादी लडाकुको भर्तीमा समेत मद्दत गरिरहेको छ ।

    पाकिस्तानको संरक्षणमा यी ठाउँमा आतंकवादीलाई बिना रोकटोक प्रशिक्षण तालिम समेत प्रदान भइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

    मंसिर ८, २०७८ बुधवार १४:२९:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana