Logo

शनिवार, मंसिर १८ गते २०७८

images

कांग्रेसको जिल्ला सभापतिमा पनि देउवाको वर्चश्व (नामावली)

कांग्रेसको जिल्ला सभापतिमा पनि देउवाको वर्चश्व (नामावली)

नेपाल पाना मंसिर ८ २०७८
  • 16.4K
    SHARES
  • कांग्रेसको जिल्ला सभापतिमा पनि देउवाको वर्चश्व (नामावली)

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्लाको नतिजा सार्वजनिक भइरहेको छ ।

    अधिकाशं जिल्लामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवानिकट व्यक्तिहरु जिल्ला सभापति निर्वाचित भएका छन् ।

    २५ जिल्लाको नतिजा सार्वजनिक हुँदा देउवानिकट १४ जना जिल्ला सभापति निर्वाचित भएका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका ११ जना जिल्ला सभापति निर्वाचित भएका छन् ।

    को कहाँ ?

    शंकर गुरुङ मनाङ, मोहनविक्रम सिंह हुम्ला, गजेन्द्रप्रसाद तुम्याहाङ ताप्लेजुङ, पूर्णबहादुर तामाङ रामेछाप, ऐनबहादुर शाही मुगु, रुपनारायण जगेबु पाँचथर, डा टकराज गुरुङ लमजुङ, चतुरबहादुर चन्द बैतडी, केशवबहादुर विष्ट सल्यान,  , भीमबहादुर साउद डडेल्धुरा, खमबहादुर गर्बुजा म्याग्दी, खडकबहादुर बोहोरा बझाङ, कर्णबहादुर शाही जुम्ला,  दीपेन्द्रबहादुर शाही डोल्पा, बेवराज सिंह जाजरकोट संस्थापन अर्थात देउवा पक्ष हुन् ।

    त्यसैगरी रोमी गौचन थकाली मनाङ, केशरमान रोका, अम्बरबहादुर शाही, दीपक खड्का, नन्दप्रसाद न्यौपाने बर्मा लामा, रामसिंह रावल, विनोद वान्तवा, केशव श्रेष्ठ विष्णुकुमार गिरी पौडेल समूहका रहेका छन् ।

    मंसिर ८, २०७८ बुधवार १५:५७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana