काठमाडौं । रसुवाको माथिल्लो त्रिशुली-१ जलविद्युतको ड्याम साइटमा स्थानीय र चिनियाँ कामदारबीच झडप भएको छ ।
रसुवाको माइलुङ सेक्युरिटी बेसबाट करिब १४ किलोमिटर दुरीमा जबरजंग गणको कार्यक्षेत्रअन्तर्गत रहेको माथिलो त्रिशुली–१ जलविद्युत आयोजनाको बाँधस्थलमा आइतबार झडप भएको हो ।
चिनियाँ ठेकेदार कम्पनीले आफ्नो माग अस्वीकार गरेको भन्दै परियोजनाअन्तर्गत ठूलो हाकुबेशी र सानो हाकुबेशीको काम रोकेका थिए । तर चिनियाँ कामदारले आफ्नो काम जारी राख्न खोजे ।
यसक्रममा आफ्नो माग पूरा नभएको अवस्था काम थालेको भन्दै आयोजनामा खटिएका सवारी साधनको चाबी स्थानीयवासीले खोसेपछि स्थानीय र चिनियाँ कामदारबीच झडप भएको प्रहरीले जनाएको छ ।