Logo

शनिवार, मंसिर १८ गते २०७८

images

कांग्रेस महाधिवेशन : जिल्लामा रातभर हुने मत गणना

कांग्रेस महाधिवेशन : जिल्लामा रातभर हुने मत गणना

नेपालपाना मंसिर ८ २०७८
  • 1.0K
    SHARES
  • कांग्रेस महाधिवेशन : जिल्लामा रातभर हुने मत गणना

    काठमाडौँ । नेपाली कांग्रेस खोटाङमा बुधबार साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेबाट दिक्तेलको सरस्वती माविमा मत गणना सुरु गर्ने तयारी गरिएको

    कांग्रेसको सातौं जिल्ला अधिवेशनमा क्षेत्रीय कार्य समिति (प्रदेश क र ख)बाट करिब १ हजार ४०० क्षेत्रीय प्रतिनिधि सहभागी भएका थिए । कांग्रेस जिल्ला कार्य समितिको सभापति सहित सात पदाधिकारी, ३२ जिल्ला सदस्य र २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनौट गर्दै कांग्रेसको अधिवेशन सकिने छ ।

    कांग्रेस खोटाङको सभापतिका लागि पूर्वपर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राईबीच र राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री राई रामचन्द्र पौडेल निकट पूर्वसभापति राईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    मंसिर ८, २०७८ बुधवार २०:४८:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana