Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

एमाले महाधिवेशनको सुरक्षामा एआईजीलाई खटाइने

एमाले महाधिवेशनको सुरक्षामा एआईजीलाई खटाइने

नेपालपाना मंसिर ८ २०७८
  • 3.8K
    SHARES
  • एमाले महाधिवेशनको सुरक्षामा एआईजीलाई खटाइने

    काठमाडौँ। प्रहरी प्रधान कार्यालयले नेकपा एमालेको दशौं महाधिवेशनको सुरक्षामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । 

    एआईजी सहकुल थापाको नेतृत्वमा मंसिर १० देखि हुने एमालेको दशौं महाधिवेशनमा सुरक्षाबल परिचालन गरिने भएको हो ।

    महाधिवेशनको सुरक्षामा नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिनेछन् । 

    सशस्त्र प्रहरीले गण नम्बर–१७ का गणपति दिपक थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।  एआईजी सहकुल थापाले मंसिर ९ बाट चितवनमै बसेर महाधिवेशन सुरक्षाको कमाण्ड गर्ने बताइएको छ ।

    मंसिर ८, २०७८ बुधवार २१:०५:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana