Logo

शनिवार, मंसिर १८ गते २०७८

images

सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा देउवा समूहको 'क्लिन स्वीप', पौडेल समूह निल

सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा देउवा समूहको 'क्लिन स्वीप', पौडेल समूह निल

नेपाल पाना मंसिर ९ २०७८
  • 3.2K
    SHARES
  • सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा देउवा समूहको 'क्लिन स्वीप', पौडेल समूह निल

    काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सरकारका प्रवक्तासमेत रहेका पार्टीका नेता ज्ञानेन्द्र बहादुर कार्कीको निर्वाचन क्षेत्रमा संस्थापन अर्थात सभापित शेरबहादुर देउवा समूहले क्लिन स्वीप गरेको छ ।

    कार्कीको निर्वाचन क्षेत्र सुनसरी ४ मा सबै महाधिवेशन प्रतिनिधिहरु सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन् ।

    प्रतिनिधिसभा क्षेत्र अधिवेशनमा देउवा समूहले क्लीन स्वीप गरेको हो । त्यहाँबाट २६ जना महाधिवेशन प्रतिनिधि छानिएकोमा २६ जना नै देउवा समूहका हुन् । उक्त क्षेत्रमा पहिले सहमतिका आधारमा प्रतिनिधि छनोट गर्ने विषयमा छलफल भए पनि सहमति नजुटेपछि निर्वाचनमार्फत् प्रतिस्पर्धा भएको थियो ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनबाट केन्द्रीय कार्यसमिति छान्ने महाधिवेशन प्रतिनिधि चुनिन्छन् । अहिले एक जिल्ला एक निर्वाचन क्षेत्र रहेका जिल्लाहरू र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भैरहेको छ ।

    देशभर महाधिवेशन प्रतिनिधिमा सभापति देउवा समूहको अग्रता छ ।

    मंसिर ९, २०७८ बिहिवार ०८:३२:५३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana