Logo

शनिवार, मंसिर १८ गते २०७८

images

देउवाको विरोध मात्रै गर्ने शेखर कोइरालाका खास भित्रियाको लज्जास्पद हार, पहिलो राउण्डमै लाग्यो ठुलो धक्का

देउवाको विरोध मात्रै गर्ने शेखर कोइरालाका खास भित्रियाको लज्जास्पद हार, पहिलो राउण्डमै लाग्यो ठुलो धक्का

नेपाल पाना मंसिर ९ २०७८
  • 6.4K
    SHARES
  • देउवाको विरोध मात्रै गर्ने शेखर कोइरालाका खास भित्रियाको लज्जास्पद हार, पहिलो राउण्डमै लाग्यो ठुलो धक्का

    काठमाडौं । नेपाली काँग्रेसकाे चौधौं महाधिवेशनमा सभापतिका दाबेदार डा. शेखर काेइरालालाई पहिलाे चरणमै धक्का लागेकाे छ ।

    कांग्रेसका विश्लेषक मानिने काेइराला परिवारका भित्रिया पुरञ्जन आचार्य केन्द्रीय प्रतिनिधि निर्वाचनमा नराम्ररी हारेका छन् ।

    आचार्य पछिल्लाे समय शेखरकाे सचिवालयमा प्रचार प्रमुखका रूपमा खटिएका थिए । शेखरलाई सभापति बनाउन खटिएका आचार्य आफै पछारिएका हुन् । आचार्यले कांग्रेसकाे विश्लेषण गर्दा जहिल्यै विराेध, आलाेचनामात्रै गर्छन् । सबै देउवाले विगारेकाे तर्क गर्छन् । उनै आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

    मोरङ क्षेत्र नम्वर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा  लज्जास्पद रुपमा पराजित भएका छन् । उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन् । कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन् ।

    आज विहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा उनी २० औ नम्वरमा पुगेर पराजित भएका हुन् । आफ्नै जिल्लाबाट आफ्ना प्रचार अभियान्तनै पराजित भएपछि शेखरलाई ठूलो घाटा भएको छ ।

    मंसिर ९, २०७८ बिहिवार १५:२८:५८ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana