Logo

शनिवार, आषाढ ११ गते २०७९

images

एमालेले भन्यो- महाधिवेशनको उद्घाटनमा ६ लाख कार्यकर्ता आए

एमालेले भन्यो- महाधिवेशनको उद्घाटनमा ६ लाख कार्यकर्ता आए

नेपालपाना मंसिर १० २०७८
  • 3.6K
    SHARES
  • एमालेले भन्यो- महाधिवेशनको उद्घाटनमा ६ लाख कार्यकर्ता आए

    काठमाडौँ। चितवनमा शुक्रबारदेखि एमालेको दसौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेसनको पहिलो दिन उद्घाटन समारोहमा ६ लाख कार्यकर्ता आएको दाबी नेकपा एमाले चितवनले गरेको छ। 

    पार्टी जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनमा देशभरबाट ६ लाख पार्टी नेता कार्यकर्ता आएको दाबी गरेकी हुन् । उनले महाधिवेशनमा आधा कार्यकर्ता उद्घाटनस्थलसम्म आउन नसकेको बताइन्। 

    उनका अनुसार धेरै कार्यकर्ता पूर्वी चितवनको टिकौली र नवलपुरको गैँडाकोटबाटै फर्किएका छन्।चितवनको इतिहासमा यति धेरै मानिस पहिलो पटक जम्मा भएको उनले बताइन्। 

    मंसिर १०, २०७८ शुक्रवार १८:४३:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend