Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

चितवनमा उग्र भेलापछि अन्तत: ओलीमाथि नै संकट

चितवनमा उग्र भेलापछि अन्तत: ओलीमाथि नै संकट

नेपालपाना मंसिर १० २०७८
  • 2.6K
    SHARES
  • चितवनमा उग्र भेलापछि अन्तत: ओलीमाथि नै संकट

    चितवन। एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाईं लिएर चितवनमा अध्यक्ष केपी शर्मा ओलीपक्षले व्यापाक भला गराएका थिए । देशव्यापीरुपमा असर हुने गरी ट्राफिक अस्तव्यस्त भएको छ भने, कति मानिसहरुले बस्न एवं फर्किन समेत समस्या झेलिरहेका छन् ।

    यसबीच अध्यक्ष ओलीमाथि नै पनि भेलाको प्रभाव परेको छ । उनी महाधिवसेनको उद्घाटनपछि होटल फर्कने क्रममा जाममा फसेका छन् । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कनेक्रममा उनी टिकौलीमा जाममा फसेका हुन् ।

    उनी चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ–धौ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरु हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए । टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ ।

    महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।

    मंसिर १०, २०७८ शुक्रवार १८:५२:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana