Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

उच्च अदालतले भन्यो- एनआरएनएको निर्वाचन रोक्ने परराष्ट्रको पत्र नमान्नु

उच्च अदालतले भन्यो- एनआरएनएको निर्वाचन रोक्ने परराष्ट्रको पत्र नमान्नु

नेपालपाना मंसिर १२ २०७८
  • 2.3K
    SHARES
  • उच्च अदालतले भन्यो- एनआरएनएको निर्वाचन रोक्ने परराष्ट्रको पत्र नमान्नु

    काठमाडौँ। उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ ।

    एनआरएनएको आसन्न निर्वाचन र १०औं महाधिवेशन सम्बन्धी परराष्ट्र मन्त्रालयका पत्रहरू कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी भएको हो ।  

    उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मन्त्रालयको पत्र कार्यान्वयन नर्गन आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई मंसिर १९ गते छलफलका लागि बोलाइएको छ ।

    अदालतको आदेशपछि कुमार पन्तको नेतृत्वमा रहेको कार्यसमितिलाई निर्वाचन गर्न पूर्णरूपमा बाटो खुलेको छ । एनआरएनएले परराष्ट्र मन्त्रालयको उक्त पत्र बदर गर्न माग गर्दै गत बिहीबार उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो ।

     

    मंसिर १२, २०७८ आइतवार २०:३१:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अदालत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana