काठमाडौं। बलात्कार मुद्दामा थुनामा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै २० लाख ठगी गर्ने एक युवतीलाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको छ ।
पक्राउ परेकी थापालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ ।
चिनियाँ नागरिक लिउ यूलाई गत असार १८ गते जबर्जस्ती करणी उद्योग मुद्दामा पक्राउ परी हाल पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालमा रहेका छन् ।
जेलबाट छुटाउने भन्दै ती चिनियाँ नागरिककी श्रीमती कमला भुषालसँग २० लाख लिएर फरार भएकी काभ्रेकी रविना थापालाई प्रहरीले पक्राउ गरेको हो ।
२० लाख लिएर फरार भएपछि कमलाभुषालले रविना थापाविरुद्ध महाशाखामा उजुरी गरेकी थिइन् ।
थापाले मञ्जु ओली समेतको सहयोगमा आफ्नो मान्छे वकिल छन् भनेर जेलबाट निकालि दिने भन्दै रकम असुलेकी थिइन् । भुषालले रविना थापा र मञ्जु ओलीकाविरुद्ध महाशाखामा जाहेरी दरखास्त पेश गरेकोमा महाशाखाको टोलीलाई थापालाई छाउनीबाट पक्राउ गरे पनि ओली भने फरार नै रहेकी छन् ।