Logo

बुधवार, आश्विन १९ गते २०७९

धर्म परिवर्तन गराउने गिराेहको पत्ता साफ हुँदै, पास्टरलाई तोकियो २ वर्ष कैद

धर्म परिवर्तन गराउने गिराेहको पत्ता साफ हुँदै, पास्टरलाई तोकियो २ वर्ष कैद

नेपालपाना मंसिर १४ २०७८
  • 15.9K
    SHARES
  • धर्म परिवर्तन गराउने गिराेहको पत्ता साफ हुँदै, पास्टरलाई तोकियो २ वर्ष कैद

    काठमाडौं। पछिल्लो समय नेपालमा धर्म परिवर्तन गराउन खोज्नेहरुको संख्या बढ्दै गएको पाइएको छ । यसबीच डोल्पामा धर्म परिवर्तन गराउने एक जनालाई अदालतले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

    जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो ।

    उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको हो ।

    आचार्यले गत वर्ष  बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । 

    आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर हुन् । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ । 

    मुलुकी अपराध संहिताको दफा १५८ को ९१० मा कसैले कसैको धर्म परिवर्तन गराउन र धर्म परिवर्तनको उद्योग गर्न नहुने उल्लेख छ । त्यस्तै कुनै धर्म परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने पनि उल्लेख छ । 

    मंसिर १४, २०७८ मंगलवार १९:२९:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार
  • # सनातन धर्म

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend