Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

चीनले पाकिस्तानका हजारौँ विद्यार्थीलाई प्रवेशमा रोक लगायो

चीनले पाकिस्तानका हजारौँ विद्यार्थीलाई प्रवेशमा रोक लगायो

नेपालपाना मंसिर १६ २०७८
  • 1.9K
    SHARES
  • चीनले पाकिस्तानका हजारौँ विद्यार्थीलाई प्रवेशमा रोक लगायो

    एजेन्सी। चीनका विश्वविद्यालय एवं कलेजहरुमा अध्ययनरत हजारौँ पाकिस्तानी विद्यार्थीलाई चीन सरकारले प्रवेश रोक लगाएको छ।

    करिब २८ हजार पाकिस्तानी विद्यार्थीहरु चीनका विभिन्न शैक्षिक संस्थाहरुमा भर्ना भएका छन्। महामारी सुरु भएपछि चीनले सन् २०२० मार्चमा ति विद्यार्थीलाई सात महिनाको लागि पाकिस्तान पठाएको थियो। सो समयमा पाकिस्तान पुगेका विद्यार्थीहरु दुई वर्ष वितिसक्दा पनि पाकिस्तानमै अड्केका छन्।

    चीनले देशमा कोरोना संक्रमण फैलन नदिन अपनाएको शून्य कोभिड नीतिअनुसार हजारौँ विद्यार्थी चिनियाँ खोप लगाएर समेत त्यहाँ प्रवेश गर्न नपाइरहेका हुन् ।

    चीनमा अध्ययनरत विद्यार्थीलाई चीन फर्काउन पाकिस्तानले निरन्तर प्रयास गरिरहे पनि इस्लामावादस्थित चिनियाँ राजदूतावासले कोभिड चुनौतिका बीच आफूहरुले केही भन्न नमिल्ने बताउँदै आएको छ ।

    मंसिर १६, २०७८ बिहिवार १९:२४:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana