Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

कांग्रेस लुम्बिनीका कमाण्डर बालकृष्ण खाडले देखाए कमाल, देउवा बलियो बन्दा महामन्त्री निश्चित

कांग्रेस लुम्बिनीका कमाण्डर बालकृष्ण खाडले देखाए कमाल, देउवा बलियो बन्दा महामन्त्री निश्चित

नेपाल पाना मंसिर १७ २०७८
  • 22.7K
    SHARES
  • कांग्रेस लुम्बिनीका कमाण्डर बालकृष्ण खाडले देखाए कमाल, देउवा बलियो बन्दा महामन्त्री निश्चित

    काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशमा सरकारमा गृहमन्त्री समेत रहेका बालकृष्ण खाडले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएका छन् । लुम्बिनीमा खाडको वर्चश्व छ । देउवाका लागि लुम्बिनीमा खाड खम्बा बनेका छन् ।

    तरुण दलका पूर्वअध्यक्षसमेत रहेका खाँडको लुम्बिनीमा बलियो पकड छ । १२ जिल्लाका २६ निर्वाचन क्षेत्र, ५२ प्रदेश निर्वाचन क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय महाधिवेशन प्रतिनिधि मतदाता हुनेछन् ।

    कुल १५८५ मतदाता रहेको लुम्बिनीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । १२ जिल्लामध्ये ११ मा जिल्ला अधिवेशन सम्पन्न हुँदा संस्थापनले २ र इतर समूहले ८ जिल्लामा सभापति जितेको छ । तर, ५ क्षेत्र भएको रुपन्देही र २ क्षेत्र भएको बर्दियामा जितेकाले देउवा समूह सभापतिका उम्मेदवार भरत शाहलाई जिताउनेमा ढुक्क छ ।

    संस्थापन इतर समूहका डा. चन्द्र भण्डारी लामो समययता क्षेत्रमा रहेर सक्रिय रहेका थिए । त्यसको असर अधिवेशनहरुमा देखापरेको छ । लुम्बिनीमा बहुमत इतर समूहमा देखिए पनि संस्थापन पक्ष बालकृष्ण खाँडलाई भरोसा गरिरहेको छ । खाँड आफै सक्रिय छन् । उनले पासा पल्टाउने गरी रणनीतिसहित बढेको बुझिएको छ । देशभरको प्रतिनिधि चयनलाई हेर्दा देउवा पक्षबाट खाँडले सबैभन्दा प्रभावकारी भूमिका निभाउन सके ।

    उनले गृहजिल्ला रुपन्देहीमा मात्र नभई लुम्बिनीमा देउवाका लागि पकड बलियो बनाउन भूमिका खेले । यसकारण पदि खाँड देउवाका लागि खम्बा सावित भएका छन् । लुम्बिनीमा प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यका लागि हुने मतदानमा खाँडले इतर समूहले जितेका क्षेत्र र जिल्लाहरुमा बढीभन्दा बढी मत तान्न सक्ने विश्वास गरिएको छ ।

    यसकारण पनि लुम्बिनीको चुनाव खाँडको परीक्षा बनेको छ । महामन्त्रीका उम्मेदवारी दिन लागेका खाँडका लागि लुम्बिनीको चुनाव निकै महत्वपूर्ण बनेको छ । देउवाका लागि पनि लुम्बिनी महत्वपूर्ण बनेको छ ।

    मंसिर १७, २०७८ शुक्रवार १०:५६:०४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana