Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

नारायणकाजी भन्छन्- एमाले विचलित बन्यो

नारायणकाजी भन्छन्- एमाले विचलित बन्यो

नेपालपाना मंसिर १७ २०७८
  • 1.8K
    SHARES
  • नारायणकाजी भन्छन्- एमाले विचलित बन्यो

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको तर्क गरेका छन् ।

    माओवादी केन्द्र महोत्तरीको बर्दिबासमा प्रथम नगरसम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।

    नेता श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागी केपी सर्मा ओलीले प्रतिगमन र विसर्जनवादलाई आगालेको पनि आरोप लगाए । समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न सकिने र यसको लागी कम्युनिस्टहरूले सत्ताको नेतृत्व गर्नुपर्ने उनको जिकिर छ ।

    क्रान्तिकारी पक्षधरहरूसँग नै कम्युनिस्टहरूले सहकार्य र कार्यगत एकता गर्नुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले वैचारिक, कार्यगत र रणनीतिसहितको मोर्चा बन्दी गर्दै पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए । माओवादी केन्द्र कहिल्यै पद र सत्ताको लोभ नगर्ने र जनमुखी कार्यहरूमा सहकार्य गर्दै आएको पनि उनको भनाइ छ ।

    मंसिर १७, २०७८ शुक्रवार २०:४०:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana