Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

गगन थापाकाे बाेलीले एमाले तरंगीत, 'वितण्डा मच्चाउनेविरुद्ध काँग्रेस लड्ने'

गगन थापाकाे बाेलीले एमाले तरंगीत, 'वितण्डा मच्चाउनेविरुद्ध काँग्रेस लड्ने'

नेपालपाना मंसिर १७ २०७८
  • 2.7K
    SHARES
  • गगन थापाकाे बाेलीले एमाले तरंगीत, 'वितण्डा मच्चाउनेविरुद्ध काँग्रेस लड्ने'

    काठमाडौँ। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपा एमालेले चितवनको नारायणी किनारमा लोकतन्त्र तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको भन्दै कडा टिप्पणी गरेका छन् ।

    शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा नेता थापाले नारायणी किनारमा लोकतन्त्र तर्पण गरि पञ्चायत बोकेर फर्किएको एमालेमा निरंकुशता पलाएको र त्यस निरंकुशताले विद्रोही भीम रावललगायत सबै जल्ने भन्दै कडा प्रहार गरेका हुन् ।

    ‘एमालेले पार्टीभित्रको लोकतन्त्रिक संस्कार र विधि पुर्‍याएर नारायणीमा तर्पिसकेको छ । एमालेले चितवनबाट पञ्चायत बोकेर काठमाडौं गएको छ । एमालेमा पलाएको निरंकुशताले भीम रावलहरू मात्रै होइन सबै जल्छन्,’ नेता थापाले भने ।

    नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिको उम्मेदवार जगदिश नरसिंह केसीका लागि मत माग्न उनी शुक्रबार हेटौंडा पुगेका थिए । सभालाई सम्बोधन गर्ने क्रममा थापाले एमालेको १० औं महाधिवेशनले चितवनको नारायणी किनारमा लोकतन्त्र तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरे ।

    काठमाडौं राजवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको चलिरहेको महाधिवेशनबारे पनि थापाले टिप्पणी गरेका छन् । थापाले राप्रपा महाधिवेशनले आफैँ विश्राम लिन खोजेको भन्दै राप्रपाले राजालाई जबर्जस्ती ल्याउन खोजेको बताए ।

    उनले भने, ‘जनताको शक्ति र ताकतबाट र आफ्नो इच्छाले विश्राम गर्न गइबक्सेको महाराजालाई जबर्जस्ती ल्याउछु भन्दै भृकुटी मण्डपमा अधिवेशन चलिरहेको छ ।’ वितण्डा मच्चाउन आउने जो सुकैसँग काँग्रेसले लड्ने तागत राख्ने पनि थापाको भनाइ छ ।

    मंसिर १७, २०७८ शुक्रवार २१:०१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # गगनकुमार थापा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana