Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

शंकर पोखरेललाई मेटमणि चौधरीले झारे भुँईमा, आफसँग चुनाव लड्न दिए चुनौती

शंकर पोखरेललाई मेटमणि चौधरीले झारे भुँईमा, आफसँग चुनाव लड्न दिए चुनौती

नेपालपाना मंसिर १७ २०७८
  • 2.6K
    SHARES
  • शंकर पोखरेललाई मेटमणि चौधरीले झारे भुँईमा, आफसँग चुनाव लड्न दिए चुनौती

    बुटवल। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कडा चुनौती दिएका छन् ।

    शुक्रबार पार्टीको जिल्ला भेलामा चौधरीले पोखरेललाई दाङको जुनसुकै निर्वाचन क्षेत्रमा पोखरेलसँग चुनाव लड्न तयार रहेको भन्दै आगामी निर्वाचनमा प्रतिस्पर्धा गरेर देखाउन भन्दै कडा चुनौती दिएका हुन् ।

    लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेल २०७४ को निर्वाचनमा आफूसँग हारिने डरले क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको पनि चौधरीले आरोप लगाए ।

    अब, आगामी निर्वाचनमा पोखरेलले दाङको जनताले हराइदिने पनि चौधरीले ठोकुवा गरे । चौधरीले समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको आरोप पनि लगाए ।

    मंसिर १७, २०७८ शुक्रवार २१:१२:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शंकर पोखरे

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana