सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजङ्ग शाही निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न मतदान शाही सभापतिमा निर्वाचित भएका हुन् ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भुपेन्द्रजंग शाहीले ३ सय १७ मत ल्याएका छन् भने नेता विमलेन्द्र निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याएका छन् ।
चुनावमा जम्मा ७ सय ५४ मत खसेको थियो । निर्वाचन समितिकाअनुसार अरू पदाधिकारी र सदस्यहरुको मतगणना भइरहेको छ ।