काठमाडौं। केही दिनअघि चितवनमा भएको नेकपा एमालेको महाधिवेसनले ठुलो हंगामा गर्याे । सडक अस्तव्यस्त जनस्वास्थ्यका मापदण्ड त बेग्लै कुरा मानिसहरु हराउनेसम्मको अवस्था सिर्जना भयो ।
अब, नेपाली कांग्रेसको समेत केन्द्रीय अधिवेसन आउन लागेको छ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गते काठमाडौँमा हुँदैछ ।
तर, नेपाली कांग्रेसले १४ औं महाधिवशेनमा उच्च स्वास्थ्य सतर्कता अपनाउने बताएको छ। महाधिवेशनमा सहभागी हुने नेता तथा कार्यकर्तालाई आवश्यक स्वास्थ्य सामग्री वितरणका साथै खोप नलगाएकालाई कोरोनाबिरुद्धको खोप पनि लगादिने तयारी कांग्रेसले गरेको छ ।
कांग्रेस महाधिवेशन अन्तर्गतको स्वास्थ्य समितिका संयोजक मोहन बहादुर बस्नेतले महाधिवेशनमा सहभागी हुने सम्पूर्णको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै आवश्यक तयारी गरिएको जानकारी दिए ।
आइतबार सरोकारवालासँगको छलफलका क्रममा उहाले महाधिवेशनका बेला कसैलाई स्वास्थ्य समस्या भए तत्काल उपचारका लािग पनि आवश्यक तयारी गरिने जानकारी दिए । उनले महाधिवेशनमा भाग लिन आउनेको एन्टिजेन समेत गरिने बताए ।