काठमाडौं। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने बताएका छन् ।
पार्टीको महाधिवेशन भर्खर भएको र केन्द्रीय कमिटी सर्वोच्च संस्था भएको भन्दै उनले भने, ‘आज जिम्मेवारी पाइएन भने भोलि पाइएला ।’
यस्तै उनले चुनाव आएको भन्दै जिल्ला र प्रदेश अधिवेशनमा व्यापक जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम गर्नुपर्ने बताए । ओलीले अघि भने, ‘हामी तुफानको रुपमा अगाडी बड्छौं । कम्तीमा ६० प्रतिशत भोट हाम्रो पक्षमा ल्याऔं ।’