Logo

शनिवार, आषाढ ११ गते २०७९

images

देउवा जिताउन शशांक र पूर्ण खड्का एकसाथ खटिए, एकाएक उल्टियाे माहाेल !

देउवा जिताउन शशांक र पूर्ण खड्का एकसाथ खटिए, एकाएक उल्टियाे माहाेल !

नेपालपाना मंसिर २७ २०७८
  • 19.4K
    SHARES
  • देउवा जिताउन शशांक र पूर्ण खड्का एकसाथ खटिए, एकाएक उल्टियाे माहाेल !

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको प्यानलबाट उप–सभापतिमा उम्मेदवार बनेका पूर्णबहादुर खड्कासँग सम्वाद गरेका छन् ।

    काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा कोइराला र खड्काबीच कुराकानी भएको हो । दुबै जनाले एकअर्कालाई मत मागेका छन् । 

    महामन्त्री कोइरालाले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन् । खड्काले देउवा समूहबाट उप–सभापतिमा उम्मेदवार बनेका छन् । 

    महामन्त्री कोइराला कुनै पनि समूहमा खुलेका छैनन् । यद्यपि महामन्त्री कोइरालाले सभापतिका उम्मेदवार देउवा र उनको प्यानलप्रति सहानुभूति राखेका छन् । 

    सभापति देउवा र महामन्त्री कोइरालाबीच आइतबार राति बालुवाटारमा वार्ता भएको थियो । वार्ताका क्रममा कोइरालाले देउवा र उनको समूहलाई समर्थन गरेको जनाएका थिए ।

    मंसिर २७, २०७८ सोमवार १४:५४:२५ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend