काठमाडौं। नेकपा एमालेका नेता डा भीम रावलले आइतवार गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै आगामी निर्वाचनमा देशैभर एमालेले जित्ने बताएका छन्।
‘आगामी निर्वाचनमा पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उनले भने, ‘अब हामीले पार्टीसंगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ।’
यस्तै अर्को सन्दर्भमा बोल्दै नेता रावलले आफू राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज उठाउदै आएको र त्यो आवाज निरन्तर रहने बताए।
महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उनले दावी गरे। यस्तै उनले आफूले पार्टी मिलाउनका लागि १० बुदे सहमतिको खाँका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको बताए।