Logo

शनिवार, आषाढ ११ गते २०७९

images

एशिया भ्रमण छोट्ट्याए अमेरिकी विदेशमन्त्रीले

एशिया भ्रमण छोट्ट्याए अमेरिकी विदेशमन्त्रीले

नेपालपाना मंसिर २९ २०७८
  • 4.7K
    SHARES
  • एशिया भ्रमण छोट्ट्याए अमेरिकी विदेशमन्त्रीले

    एजेन्सी। प्रतिनिधिमण्डलका एक सदस्यलाई कोभिड संक्रमण भएको पुष्टि भएपछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले दक्षिणपूर्वी एशियाली मुलुकहरूका लागि तय गरिएको भ्रमण छोट्ट्याइएको छ । 

    ब्लिङ्केनले एसिया भ्रमणलाई छोटो बनाएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । प्रवक्ताले थाई विदेश मन्त्री डन प्रमुद्विनाईसँग भने, ुअमेरिकी विदेशमन्त्री ब्लिङ्केन कोभिड संक्रमणको खतरालाई मध्यनजर गर्दै सावधानीका लागि वासिङ्टन डीसी फर्कनुहुनेछ ।ु 

    संक्रमित प्रतिनिधिमण्डलका सदस्य इण्डोनेशियाबाट ब्लिनकेनसँग मलेसिया आइपुगेपछि कोभिड संक्रमण पुष्टि भएको बताइएको छ । 

    यद्यपि संक्रमित ती व्यक्तिले क्वालालम्पुरमा ब्लिन्केन सहभागी कुनै पनि कार्यक्रममा भाग भने नलिएको बताइएको छ । ब्लिङ्केनको प्रतिनिधिमण्डलका अन्य कुनै पनि सदस्यलाई कोभिड संक्रमण पुष्टि नभएको मलेशियास्थित अमेरिकी दूतावासले बताएको छ ।

    मंसिर २९, २०७८ बुधवार २०:०६:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend